अधुरा काम संगै थुप्रै नयाँ कार्यको एजेन्डा सहित सिंहले दिए महा सचिवको उम्मेदवारी


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल चलचित्र कलाकार संघको जेठ २५ गते हुने आगामि कार्यकालको निर्वाचनमा चेत बहादुर सिंह ‘राजा’ले महा सचिवको पदको लागि उम्मेदवारी दर्ता गरेका छन् । अहिलेको कार्य समितिमा सचिव रहेका चेत बहादुर बिगत १७ बर्ष देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका छन् । दुइ कार्यकाल कार्यसमिति सदस्य रहेका सिंह एक कार्यकाल सचिव गरेर ९ बर्ष नेपाल चलचित्र कलाकार संघमा रही आएका छन् । चलचित्र लाल सलाम,शहिद,देवयानी,दलाल,सुनपानी,छक्क पन्जा २ र प्रदशनको तयारीमा रहेको चलचित्र कपुरी क जस्ता ठुलो पर्दाको चलचित्रमा अभिनय गरि सकेका छन् उनले तेली चलचित्र थोरै भए पुगी सरि,किसान हौँ हामी,किसान,सुनौलो संसार,फिरन्ते,उद्घाटन,तितो सत्य,जिरे खुर्सानी,मेरी बास्सै,लगाएत थुप्रै म्युजिक भिडियो तथा बिज्ञापन हरुमा कार्य गरि सकेका छन् ।

राम केशर बोगटी नेतृत्वको नेपाल चलचित्र कलाकार संघले गर्न बाँकि रहेका अधुरा काम संगै थुप्रै नयाँ कार्यको एजेन्डा सहित उनि अघि बढेका छन् । भवन निर्माण, कलाकार कल्याणकारी कोषलाइ अझै बलियो बनाउने,कलाकारलाइ अप्ठेरो पर्दा आर्थिक राहतको प्याकेज,सेलिब्रेटी कार्डको कुरा,राज्य बाट पाउने सहुलियत,पहिचानको कुरा,सरकारलाई निर्देशन र सुझावको लागि संघको पहल लगायत महत्व पूर्ण एजेन्डा सहित महा सचिब पदमा उमेदवारी दिएको उनले बताए उनको प्रतिद्वन्दीमा संजय खतिवडाले उम्मेदवारी दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.