साम्राज्ञी र पुष्प अभिनित ‘मारुनी’को फर्स्ट लुक पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘मारुनी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । साम्राज्ञी करिब एकवर्ष पछि पर्दामा देखिदैछिन् । गतबर्षको असोजमा उनी अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शन थियो । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमको लगानीमा निर्माण भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । ‘मारुनी’मा राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रको सार्वजनिक फस्टलुक पोष्टरमा मुख्य कलाकार अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई स्थान दिइएको छ । टौवा क्रियशनले तयार पारेको पोष्टरमा पुष्प र साम्राज्ञीलाई प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको वुझ्न सकिन्छ ।

सिनेमाको बिषयवस्तुको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन । संजय लामाले छायाँकन गरेको चलचित्रमा अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ । चलचित्रमा डेव्यु अभिनेत्री रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ । चलचित्र आगामी भदौ १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।