मोफसलमा पनि बक्स अफिस, लालबन्दिको वीणाहलबाट सुरु


सेलिब्रेटी नेपाल

काठमाडौँ: उपत्यकामा बक्स अफिस प्रणाली सुरु भएको एक बर्ष भएको छ । यही बिचमा चलचित्रबिकास बोर्डले काठमाडौं उपत्यका बाहिरपनि बक्स अफिस प्रणाली शुचारु गरेको छ । आगामी साउनसम्म देशैभर बक्स अफिस शुचारु गर्ने नीति अनुसार सर्लाही जिल्लाको लालबन्दिमा रहेको वीणा चलचित्र मन्दिरबाट बक्स अफिसको औपचारिक उद्घाटन गरेको हो ।

नेपाल सरकारका प्रबक्ता समेत रहेका सुचना तथा संचार प्रविधी मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले अनलाईन टिकेटिङ्ग प्रिन्ट गर्दै मोफसलमा बक्स अफिसको औपचारिक उद्घाटन गरेका हुन । लालबन्दिको वीणा हलसँगै सर्लाही, महोत्तरी, पर्सा सहित प्रदेश २ का १० वटा हलहरुमा बक्स अफिस सुचारु गरेको छ । बक्स अफिस शुचारुसँगै बक्स अफिसको सबै रिपोर्ट अनटाईम पाउन सकिने भएको छ । यो क्रमलाई ७ वटै प्रदेशमा साउन १ सम्म शुचारु गरिसक्ने कार्यक्रमका सभापति तथा चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले बताएका छन् ।

कार्यक्रममा प्रदेश नं २ का प्रदेश सभा सदस्य माननीय बेचु लुङ्गेली, चलचित्र बिकास बोर्डका सदस्य तथा बक्स अफिस प्रणालीका संयोजका नरेन्द्र महर्जन, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राबिधिक संघका अध्यक्ष पुष्कर लामा, जिल्ला प्रमुख अधिकारी द्रोण पोखरेल, जिल्ला समन्वय समितीका अध्यक्ष, लालबन्दि नगरपालिकाका मेयर मान बहादुर खड्का, उधोग बाणिज्य संघ सर्लाहीका अध्यक्ष कल्याण जोशी, जिल्ला प्रहरी सर्लाहीका प्रमुख, चलचित्र बिकास बोर्डका सदस्य सचिब महेन्द्र साखी, नेकपा सर्लाहीकी संयोजक रेवती पन्त, बक्स अफिस प्रणालीका प्राबिधिक प्रतिनिधी नितेश गोर्खाली लगायतको उपस्थिती रहेको थियो ।

बक्स अफिस प्रणाली शुरु गरेको काठमाडौंका हलहरुलाई पनि साउन १ गते भित्र अनटाईमा डाटा पठाउन बोर्डका अध्यक्ष केशब भट्टराईले आग्रह गरेका छन् । संचारमन्त्री बाँस्कोटाले काठमाडौंमै अत्याधुनिक ईन्डोर फिल्म शुटिङ्ग स्टुडियो निर्माणमा बोर्ड लाग्न पनि अनुरोध गरेका छन । मोफसलमा बक्स अफिस सुचारु गरेको वीणा हलका संचालक पवन गुप्ता हुन् भने अध्यक्ष नरेन्द्र महर्जन हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.