बाबु छोराको सम्बन्धको कथा ‘आप्पा’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बरिष्ठ निर्देशक तथा कलाकार तुलसी घिमिरे, कलाकार सिद्धान्त राज तामाङ, अल्लोना कावो लेप्चा, निर्देशक अनमोल गुरुङ उपस्थीत थिए । चलचित्रका मुख्य कलाकार तथा ‘आप्पा’ दयाहाङ राई अर्को चलचित्रको छायाँकनमा व्यस्त रहेका कारण अनुपस्थीत थिए ।

लेखक तथा निर्देशक गुरुङले ‘आप्पा’ पुर्ण रुपमा मनोरञ्जनात्मक चलचित्र निर्माण गरेको बताए । बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय चलचित्र हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र चलचित्र आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा रहेको छ । चलचित्र आगामी असार १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.