सन्नी लियोनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’ भाद्र २७ मा आउने


सेलिब्रेटी नेपाल

काठमाडौँ: सन्नी लियोनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’ को प्रदर्शन मिति सार्बजनिक गरिएको छ । चलचित्र आगामी भाद्र २७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ । चलचित्रको बजेट अत्याधिक भएका कारण पनि राम्रो डेट हेरेर चलचित्रको प्रदर्शन मिति पक्का गरिएको निर्माण टिमको भनाई छ । अव यो चलचित्रसँग पल शाह स्टारर ‘हृदय भरी’ र दयाहाङ राई र रेखा थापाको मुख्य भुमिका रहेको चलचित्र ‘निरफुल’सँग जुध्ने भएको छ ।

महँगो बजेटमा निर्माण भएको चलचित्रलाई थुप्रै चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका सम्राट बस्नेतले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय चलचित्र हो । चलचित्रको कथा, पटकथा तथा संवाद स्वयंम निर्देशक बस्नेतले तयार पारेका हुन् । चलचित्रमा बिक्रम जोशी (विक्की), सन्नी लियोनी, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

यो चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीले एक गीत र केही सिनमा अभिनय गरेकी छिन् । सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् । विएबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई सौरभ लामाले छायाँकन गरेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रको पहिलो गीत आगामी जेष्ठ २० गते सार्बजनिक गरिने निर्माण टिमले जनाएको छ ।