प्रेमगीत ३ को टप २५ भित्र पर्न सफल अन्जलीको नयाँ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:नेपाल आइडलका प्रतिस्पर्धी गायक महेन्द्र राज बराल को नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘नभये सहारा’ को म्युजिक भिडियो ओएसआर को अफिसियल च्यानल बाट सार्बजनिक गरिएको हो। भिम राज सापकोटाको शब्द रचना र सुजन चापागाईंको संगीत रहेको भिडियोमा बोल माया बाट चर्चामा आएकी मोडल अन्जली अधिकारी, आर्या एस बस्नेत र महेन्द्र राज बराल स्वयंको अभिनय रहेको छ।

केही बन्ने महत्त्वकांक्षाका साथ आफ्नो मायालुलाई समेत त्यगेर अगि बढ्ने युवाको कथा र आफ्नो मायालुले आफुलाइ त्यति महत्व नदिएको पीडा भोगेकी युवतीको कथा बस्तुलाई मुख्य रुप दिएको भिडियोलाइ अमृत सुनुवारले निर्देशन गरेका हुन्। सार्बजनिक भिडियोमा छायाँकन आवेश बज्राचार्य र सम्पादन माधब बेल्बासेको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.