‘काउसो’लाई उत्कृष्ट बनाउने प्रयास गरेको छु’ निर्देशक घिमिरे


सेलिब्रेटी नेपाल

काठमाडौँ: आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘काउसो’ निर्माण टिमले शुक्रबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । उक्त पत्रकार भेटघाट कार्यक्रममा निर्देशक मदन घिमिरे, मुख्य अभिनेता सविन श्रेष्ठ, अर्जुन गरुङ, संगीतकार विकास चौधरी लगायतको उपस्थीती रहेको थियो । निर्देशक मदन घिमिरेले पत्रकार भेटघाट कार्यक्रममा आफुले थोरै बजेटमा उत्कृष्ट कमेडी चलचित्र निर्माण गर्ने प्रयास गरेको बताए । यस्तै सिनेमाका मुख्य अभिनेता सविन श्रेष्ठले ‘भाग सानी भाग’ पश्चात दोस्रो पटक कमेडी चलचित्रमा काम गरेको सुनाए । आफुलाई आजसम्मद दर्शकले एक्सन हिरोको रुपमा चिन्दै आएको भएता पनि ‘काउसो’मा आफुलाई दर्शकले पुर्ण रुपमा कमेडी भुमिकामा हेर्न पाउने बताए ।

अर्नभ फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा बनेको चलचित्रमा अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नविन आचार्य लगायतका कलाकारहरुकोे अभिनय रहेको छ । अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा अन्चिला केसी कार्यकारी निर्माता रहेकी छन् चलचित्रमा निर्माता सिताराम तिमल्सिना ‘ज्याक’ र भगवान खत्री हुन् ।

निर्देशक घिमिरेको कथा रहेको चलचित्रको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् । चलचित्रमा विकास चौधरीको संगीत, शंकर महर्जनको द्वन्द्व, विक्रम स्वाँरको नृत्य रहेको छ । रामेश्वर हुमागाइँको छायांकन रहेको चलचित्रलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.