‘न यता न उता’ श्रावण १७ गतेबाट


सेलिब्रेटी नेपाल

काठमाडौँ: गतवर्षको माघ २५ गतेबाट प्रदर्शनको तयारी गरिएको चलचित्र ‘न यता न उता’को रिलिज प्राविधिक कारणले पोस्टपोण्ड गरिएको थियो । माघ २५ को रिलिजलाई टार्गेट गरेर निर्माण टिमले चलचित्रको गीतसंगीत, ट्रेलर, पोष्टर समेत सार्वजनिक गरिसकेको थियो । तर, अन्तिममा आएर प्राविधिक कारण देखाउँदै रिलिज पोस्टपोण्ड गरेको सिनेमाको निर्माण टिमले शुक्रबार ‘न यता न उता’को नयाँ रिलिज मिति पक्का गरेको हो ।

अब यो चलचित्र आगामी श्रावण १७ गतेबाट प्रदर्शन हुने भएको छ । चलचित्रको प्रर्दशन मिती पक्का गरेसँगै निर्माण ‘न यता न उता’ बोलको शिर्ष गीत पनि सार्बजनिक गरेको छ । सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको गीतमा उनलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन् । चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् ।

‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको पनि अभिनय रहेको छ । सिनेमालाई विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेका हुन् ।

‘न यता न उता’को कथा तथा पटकथा मिराज रोशले तयार पारेका हुन् । चलचित्रको संवाद अभिमन्यु निरबीले लेखेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । अरोन अशोक कुमारले छायाँकन गरेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.