युरोपमा छायाँकन हुने चलचित्र ‘माया बस्छ कि के हो’ औपचारिक घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ: शरद अधिकारीको प्रस्तुति रहने चलचित्र ‘माया बस्छ कि के हो’को घोषणा गरिएको । राजधानीमा कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्र निर्माणको औपचारिक घोषणा गर्यो । राजु अधिकारीले निर्देशन गर्ने लभस्टोरी चलचित्रमा सोनाल तामाङ र कस्मता निरौलाले जोडी बाँध्नेछन् । यो जोडीले यसै चलचित्र बाट डेब्यु गर्दैछन। चलचित्र धुर्व दत्त र बेनी ढुंगाना पनि अनुबन्धित भएका छन् । अन्य केहि कलाकारको भने टुंगो लागि सकेको छैन ।

असार दोस्रो साताबाट फ्लोरमा जान लागेको चलचित्रलाई युरोपको लण्डन र स्कटल्याण्डमा खिचिनेछ । चलचित्रको छायाँकारमा रबिन्द्र बराल रहनेछन् । जनपुकार मिडिया हाउस प्रालिको व्यानरमा बन्ने चलचित्रमा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा/संवाद र अर्जुन पोखरेलको संगीत रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा बहादुर सिंह तामाङ (लामा) र कृष्ण गिरी छन् ।