सपना र मेक्समको ‘जुनी जुनी’भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: नयाँ लोक तथा दोहोरि गीत ‘जुनी जुनी’भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै भिडियो सार्बजनिक गरिएको हो । लोक गायक राम थापा शिशिरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य थुप्रै श्रस्टा तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । गायिका सपना थापा मेक्सम खातीको स्वर रहेको गीतमा सागर प्रधानको शब्द रचना रहेको गीतमा यज्ञ सापकोटाको लय रहेको छ ।

मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्ट र नबराज न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोलाइ अनिल राणाले सम्पादन गरेका हुन् । सार्बजनिक भिडियोमा रिना थापा र सुरज श्रेष्ठ लाई फिचर्ड गरिएको छ । भिडियो धुन नेपालको अफिसियल च्यानलबाट सार्बजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.