केकी अधिकारी अभिनित दोहोरि गीत ‘फल मिठो’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेत्री केकी अधिकारी अभिनित लोक तथा दोहोरि गीत भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्बजनिक गरिएको हो। ‘फल मिठो’ बोलको सार्बजनिक गीतमा रामजी खाँड,राजेश बर्देवा,जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ । डि.एन. जोशीको शब्द रचना रहेको गीतमा संगीत राजेश बर्देवाको रहेको छ । राजेश बर्देवाकोले नै संगीत संयोजन गरेका छन् मौसम हिमालीले निर्देशन गरेको भिडियोलाइ करन चैंसिरले छायांकन गरेका हुन् भने भिडियोलाइ मनोज कार्कीले सम्पादन गरेका हुन् भिडियोमा नायिका केकी अधिकारी संग रबिन्द्र टिटुङ्गको अभिनय रहेको छ।

भिडियो सार्बजनिक कार्यक्रममा लोक दोहोरि प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी,समाजसेवी तथा संगीतप्रेमी पृथ्वी थकाली,शर्मिला तामांग लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले गायक संगीतकार तथा एरेन्जर राजेश बर्देवाको प्रशंशा गरे उनले कलाकार हरुलाइ बर्षमा एउटा मात्र गीत गर्नु तर उत्कृस्ट गर्नु भन्ने सुझाव समेत दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.