टिकाले कसलाई भन्दै छिन् ‘तिमी साथ भएपछि’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: पहिलाे नेपाल आईडल बुद्ध लामाको पहिलो गजल ‘तिमी साथ भएपछि…’काे फिमेल भर्सन सार्वजनिक गरिएको छ। गजलकार सुरेश वाग्लकाे रचना तथा हरि लम्सालकाे सङ्गीत रहेकाे सार्वजनिक गजलमा गायिका टिका प्रसाईंकाे आवाज सुन्न सकिन्छ। गजलकार वाग्लेकाे एकल गीति एल्वम ‘तिमी साथ भएपछि…’मा समावेश उक्त फिमेल भर्जन करिव एक बर्ष पछि नेपाली वेबसाइटको युट्युवमार्फत सार्वजनिक गरिएकाे हाे।

गोपाल रसाईलीकाे एरेन्ज रहेकाे गजलमा चन्द्र चौधरीको मिक्सिङ, मास्टरिङ गरिएकाेा गजल अकेष्टिक स्टुडियाे नेपालमा रेकर्ड गरिएको हाे। सार्वजनिक गजलकाे म्युजिक भिडियाेमा मेल भर्जनकै कलाकार पल शाह,आँचल शर्मा र गायिका स्वयम‌काे सुन्दर अभिनय देख्न सकिन्छ। अर्जुन अधिकारीकाे निर्देशन रहेकाे भिडियाेमा उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन देख्न सकिन्छ। गीतकाे म्युजिक भिडियाे सार्वजनिकका क्रममा गायिका प्रसाईले मेल भर्सन जस्तै फिमेल भर्सनलाई पनि दर्शक तथा स्राेताहरुले माया र साथ दिनेमा विस्वास व्यक्त गरिन्।