‘सरौतो’ असोज ३ मा आउने भो


सेलिब्रेटी नेपाल

काठमाडौँ: रिभेन्जको कथामा निर्माण भएको एक्सन जनराको चलचित्र ‘सरौतो’ आउँदो असोज ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई प्रसिद्ध सिनेम्याटोग्राफर हरी हुमागाईले निर्देशन गरेका छन् । सिनेम्याटोग्राफरको रुपमा चिनिएका हरीले एड र भिडियो निर्देशन गरिसकेका छन् । पछिल्लो समय प्राय खोजिने हरि आफैमा अनुभवी सिनेम्याटोग्राफर हुन् जसले आफ्नो काम मार्फत आफुलाई प्रमाणित गरिसकेका छन् । उनले भिडियोपछि फिचर चलचित्र निर्देशनमा हात हालेका हुन् । विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग चलचित्र एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् ।

चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन रहेकोछ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रेहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहेकोछ । ‘सरौतो’ मा निमेष श्रेष्ठको सम्पादन, निलिशा शाक्यको नृत्य निर्देशन , प्रविन मानन्धरको कलर, भिएफएक्स रहेको छ भने यसको चिफएडी अनिल खड्का हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.