प्रियंका र रोशन फिचर्ड ‘झ्यालको पर्दा’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अन्जु पन्त र रोशन अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्बजनिक गरिएको हो। ‘झ्यालको पर्दा’ अर्जुन पोखरेलको संगीत रहेको गीतमा लोकराज अधिकारीको शब्द रहेको छ । भिडियो सार्बजनिक कार्यक्रममा गायक तथा मोडल रोशन अधिकारी,संगीतकार अर्जुन पोखरेल,रचनाकार लोकराज अधिकारी उपस्थित थिए । कार्य व्यस्तताले प्रियंका कार्की अनुपस्थित रहिन् । सार्बजनिक गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ । शिब बिकले निर्देशन गरेको भिडियोलाइ रामेश्वर कार्कीले छायांकन तथा सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

प्रियंका कार्की र गायक स्वयम् अधिकारी फिचर्ड गीतको भिडियो उत्कृस्ट बनेको छ । रोशन अधिकारी १२ बर्ष देखि अमेरिका बस्दै आएका छन् । २०१५ मा हिमालयन सिङ्गिङ्ग आइडलको बिजेता बनेका उनि संगीतमा पहिले देखि नै रुचि राख्दथे । उनको पारिवारिक बाताबरण पनि सांगीतिक नै रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.