रोजिनाको यादमा तड्पिए सुनिल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: ‘भाइरल ब्वाई’ सुनिल छिदालको स्वरमा रहेको नयाँ गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । सानै उमेरमै गायन विधामा आफूलाई अब्बल साबित गरेका सुनिलको ‘ए माया’ बोलको नयाँ गीतमा उनी स्वयंले संगीत भरेका छन् । गीतमा खेम छन्त्यालको शब्द रचना छ ।

रोमान्टिक थिमको भिडियो बनाउन सिपालु मानिने रोजल थापाले यस गीतको भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोमा गायक सुनिल स्वयं फिचर्ड छन् । उनको अपोजिटमा रोजिना राई छिन् । दुईको केमेस्ट्री सुहाएको देखिन्छ । गीतको भिडियोमा सुनिललाई रोजिनाको यादमा तड्पिएको देख्न सकिन्छ ।

विरेन्द्र भट्टको छायांकन रहेको सार्वजनिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । मेघराज मगरातीले भिडियोमा ड्रोन उडाएका छन् । आफ्ना अघिल्ला गीतझैं ‘ए माया’ लाई पनि दर्शक/स्रोतले रुचाउनेमा गायक सुनिल विश्वस्त छन् । निर्देशक रोजल धेरै युवा-युवतीले गीतमा आफ्नो कथा भेट्ने बताउँछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.