ढेवाजु संगीत स्मृति पुरस्कारबाट अम्बर गुरुङ सम्मानित



(सेलिब्रेटी नेपाल) २७ फागुन- नेपाली संगीतका शीर्ष व्यक्तित्व, नेपाल संगीत तथा नाट्य एकेडेमीका कुलपति अम्बर गुरुङ लालबहादुर चण्डेश्वरी ढेवाजु संगीत स्मृति पुरस्कार-२०६९बाट सम्मानित भएका छन् ।पुरस्कारकारको सञ्चालक संस्था संगीत प्रशिक्षण केन्द्र पोखराले आईतबार गुरुङलाई एक समारोहबिच सो पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी नगद रु ५१ ह्जार एक सय एक, ताम्रपत्र र दोसल्ला रहेको छ ।प्रत्येक तीन वर्षमा प्रदान गर्ने गरी पुरस्कारलाई राष्ट्रिय स्तरमा स्तरोन्नती भएपछि संगीतकार गुरुङ पहिलो पटक यो पुरस्कारबाट पुरस्कृत भएका हुन् । वि. स. २०६४ अघि स्थानिय स्तरमा पुरस्कृत गर्दै आएकोमा सरोजगोपाल बज्राचार्य, स्व. कल्याण शेरचन, बाबा बज्राचार्य, अमृत गुरुङ, रामभक्त जोजिजु, धनबहादुर गायक र श्यामलाल श्रेष्ठ यो पुरस्कारबाट सम्मानित भईसकेका छन् ।