आर.के को ‘कसरी भनुँ’मा विश्व र नमिताको प्रेम (भिडियाे)


सेलिब्रेटी नेपाल

काठमाडौँ:आर.के खत्रीको शब्द, संगीत र स्वरमा सजिएको ‘कसरी भनुँ’ बोलको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ सार्बजनिक गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । एउटा प्रेमीले व्यक्त गर्न नसकेको प्रेमको भाव समेटिएको प्रेमिल गीत सुमधुर बनेको छ । भिडियोमा विश्व शर्मा र नमिता भुषाल फिचर्ड छन् ।

विकि पुलामीको निर्देशन रहेको गीतको भिडियोमा सतिज श्रेष्ठको छायांकन र कुन्चोक शेर्पाको सम्पादन रहेको छ । म्युजिक भिडियोको आधा भन्दा बढि छायांकन अमेरिकामा गरिएको हो । अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ काम गरिसकेका छन् । यि दुईले अभिनय गरेको ‘आत्मामा’, ‘टुक्रेको मुटु’ लगायत म्युजिक भिडियो दर्शकमाझ निकै चर्चित छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.