राज सिग्देलको ‘हिम्मत’अष्ट्रेलियामा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक राज सिग्देल फरक शैलीका गीत गाउँछन् । उनले गाएका गीतमा पीडा बढी मिसिएको हुन्छ । उनै राज सिग्देलको आवाजमा समावेश ‘हिम्मत’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । वीवी थापाको शब्द रहेको गीतमा दिपक सिलवालको संगीत छ । यो गीतले एक यूवतीले माया जालमा फसाएर धोका दिएपछि केटाले पोखेको पीडालाई देखाउन खोजेको छ । यो गीतको भिडियोमा छायांकन, सम्पादन र निर्देशक जीवन रसाइलीको छ । भिडियोमा हरि खड्का, कल्पना गैरे र रविन लामिछानेलाई देख्न सकिन्छ । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.