निशा र सनुपको ‘तस्बिर’ मा पुजा र आकाशको जोडी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: निशा कंडेल र सनुप पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ ‘तस्बिर’ बोलको सार्बजनिक भिडियोमा लोकप्रिय जोडी पुजा शर्मा र आकास श्रेष्ठले स्क्रिन शेयर गरेका छन् ‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले मन’ चलचित्रमा एकसाथ काम काम गरेको यो जोडीलाई दर्शकले रुचाएका छन्

सार्बजनिक गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत रहेको भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका हुन् निकेश खड्काले निर्देशन गरेको भिडियलाइ बुद्द थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । लभ स्टोरीमा बनेको म्युजिक भिडियो उत्कृस्ट बनेको छ । गीतलाई के बि ए ग्लोबलले निर्माण गरेको हो ।

नेपाली गीत संगीतमा राम्रो आशा बोकेकी गायिका हुन् निशा कंडेल, केहि समयबाट अस्ट्रेलियामा बसोबास गर्दै आएकी निशा नेपाली गीत संगीतलाई माया गरेर बेलाबेला’मा नेपाली गीतको भिडियो सांगीतिक बजारमा ल्याउने गर्छिन । केहि समय अगाडी, उनले संधैलाई र नेपाली छोरी नामक गीत सार्बजनिक गरेकी थिइन,उक्त दुईवटै गीतले राम्रो सफलता पाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.