सोलो रिलिज गौरब र अनुको ‘पसिना’


सेलिब्रेटी नेपाल

काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ । चलचित्र ‘पसिना’ ले सोलो रिलिजको मौका पाएको छ । आर.बी खत्री ‘शरद’को निर्देशनमा तयार भएको यो चलचित्रले मजदुरको कथालाई उठान गरेको छ । चलचित्रमा गौरव पहारी, अनु शाह,सरोज खनाल,रबि गिरि,सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले सत्कर्म गर्नका लागि पसिना बगाउनुपर्छ भन्ने कथालाई देखाउन खोजेको छ । चलचित्रलाइ आर बि खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन् ।

पछिल्लो समय निर्माण भएका चलचित्रमा मजदुरका कथा प्राय देख्न पाइन्न । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्रले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने छ । शान्ता ढकाल निर्माता रहेको चलचित्रमा संजय महतो कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।