द्धन्द्ध कालमा विस्थापितको कथा चलचित्र ‘भूइफूल’ निर्माण हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘भूइफूल’ निर्माण हुने भएको छ । भुमेथान फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको आइतबार एक समारोहको बिच शुभमूर्हूत गरिएको हो । चलचित्र क्षेत्रकी सदाबहार अभिनेत्री करिस्मा मान्नधरले एक्सन कट भनेको मुर्हूत कार्यक्रममा नृत्य निर्देशक गोबिन्द राईले क्ल्याप हानेका थिए, भने चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले नरिवल फुटाए । कलाकार गोविन्द प्रभात, दिपेन्द्र सिंह दर्नाल, तुलसा थापा लगायतले चलचित्र भित्र रहने एक दृश्य सम्वाद सहित प्रस्तुत गर्दै मूर्हूत सट दिएका थिए ।

नेत्र छन्त्यालको लेखन निर्देशन रहने चलचित्रमा गोविन्द प्रभात, नरेन खड्का, दीपेन्द्र सिंह दर्नाल, तुलसा थापा, चन्दा राई, पुर्णिमा लामा लगायतको मुख्य अभिनय रहनेछ । द्धन्द्ध कालमा विस्थापित भएर मधेसमा बसोबास गर्न आइपुगेका बिभिन्न समुदाय मध्य दलित समुदायमा हुने उतारचढाप तथा राज्यले गरेको बिभेदको बिषय फिल्मले कथामा उठाउन खोजेको छ । सरिता राइ प्रस्तुतकर्ता र उर्मिला वान्तवा राई निर्माता रहेको फिल्मको छायाँकन वैशाख २५ बाट छायाँकन सुरु हुनेछ ।

धरान, झापा र काठमाडौमा छायाँकन हुने फिल्ममा रामेश्वर हुमागाइको छायाँकन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत, गणेश सुवेदीका गीत रहने फिल्मका कास्टिङ निर्देशक अमृतमान महर्जन रहेका छन् ।