‘सानो मन’ को गीत सार्वजनिक, आयुष्मान र शिल्पाको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: असार २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर चलचित्र ‘सानो मन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘रानु कम्मर’ बोलको गीतको भिडियोमा बलिउड सुपरस्टार सलमान खानका पर्सनल डान्स ट्रेनर साजन सिंहले कोरियोग्राफी गरेका छन् ।

कल्याण सिंह र रोमन बज्रचार्यको संगीत रहेको गीतमा रोमनलाई सिमा राई र सुयोग गुरुङले गायनमा साथ दिएका छन् । गीतका सर्जक रोमन र रवि मल्ल हुन् । तीस लाखको लागतमा खिचिएको गीतको भिडियोमा आयुष्मान र शिल्पाले ठुम्का लगाएका छन् । चलचित्रको निर्देशन सुयोग गुरुङले गरिरहेका छन् । उनको यो डेब्यू निर्देशित चलचित्र हो ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका अन्य कलाकारहरु गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलाई पनि देख्न सकिन्छ । यो चलचित्रको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् । ओपिजि फिल्म्स, ए प्लस इन्टरटेंमेंट र हाई टेक इन्टरटेंमेंटको ब्यानरमा बनेको यस चलचित्रका निर्माताहरू राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजीव श्रेष्ठ र रमेश के मित्तल हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । यसमा आलोक शुक्लाको छायांकन छ ।