बसन्त र बर्षाको ‘चट्ट पियारी’ सार्वजनिक(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: आफ्ना सांगितिक कृतिमा नेपाली मौलिकता झल्किनुपर्छ भन्ने सोच राख्ने नवगायक बसन्त अर्यालले ‘चट्ट पियारी’ बोलको गीत भिडियो सार्वजनिक गरेका छन् । डान्सीङ प्याटर्नको गीत ‘चट्ट पियारी’ ‘मा शब्द र संगीत गायक बसन्त स्वयम्को रहेको छ । सार्बजनिक गीतमा बसन्त अर्याल र बर्षा अर्यालको स्वर रहेको छ । संगीतकार राजन इशानको संगीत संयोजन रहेको यस गीतमा विशेष गरी दारी पालेका युवाको प्रेमलाई रोचक ढंगले समावेश गरिएको छ । भिडियोमा बिनु शाक्य र विशाल थापा र रिजोइस गुरुङ (सुनिल) लाइ फिचर्ड गरिएको छ ।

सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियोलाइ लिगेश भट्टराईले निर्देशन गरेका हुन् । राम कुमार केसीले छायांकन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन र कलर संयोजन गरेका हुन् । रोमान्टिक गीतको भिडियोलाइ काभ्रे जिल्लाको रमणीय स्थान हरुमा छायांकन गरिएको हो । भिडियो सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.