प्रदर्शनमा ‘दाल भात तरकारी’


सेलिब्रेटी नेपाल

काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबार बाट चलचित्र ‘दालभात तकारी’ले आफ्नो प्रदर्शन शुभारम्भ गरेको छ । यस बर्षको प्रतिक्षित चलचित्र हलमा सोलो रिलिज भएको हो । मल्टिप्लेक्समा चलचित्र उच्च शोज पाएको छ भने सिंगल स्क्रिनहल हरु पनि राम्रै पाएको छ । कमेडी बेसको चलचित्रले राजधानीका क्युएफएक्स चेनकाका हलहरुमा २१ शोज पाएको छ ।

मह सञ्चारको प्रतुतीमा किरण केसीले निर्माण गरेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । मल्टिस्टारर चलचित्रमा निरुता सिंह, हरिवंश आर्चाय, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, किरण केसी, यमन श्रेष्ठ, बसुन्धरा भुषाल लगायत कलाकारको अभिनय रहेको छ ।

कमेडि जनरामा निर्माण भएको ‘दालभात तकारी’को ‘भिजिट भिषा’मा बोलको गीत अहिले दर्शक तथा श्रोतामाझ निकै हिट छ । यसको फाइदा चलचित्रलाई हुने देखिन्छ । मल्टिपेलेक्सको बुकिङ हेर्दा मल्टिपेलेक्सले शुक्रबार र शनिबार बम्पर व्यापार गर्ने देखिन्छ तरआइतबारबाट भने दर्शकबाट पाउने माउथ पब्लीसिटीमा भर पर्नेछ ।