सुनिताको ‘सुनमाला’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको छ । विएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारण गर्दै गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको हो । गीतिसङ्ग्रहलाई सङ्गीतकार सुरेश अधिकारी, वरिष्ठ पत्रकार सुमन खरेल, एनटिभी पल्सका प्रमूख मनोहरी थापा र गायिका कार्कीकी आमा तारा कार्की, चन्द्रकला भट्टराई, सञ्चारकर्मी सुभाष प्रधान र गीतकार तथा सञ्चारकर्मी तुलसी वस्नेतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

सार्बजनिक गीतिसङ्ग्रहमा समावेश गीतहरुमा शब्द र सङ्गीत चर्चित सङ्गीतकार सुरेश अधिकारीले दिएका छन् । सार्वजनिक कार्यक्रममा गायिका कार्कीले एल्बममा समावेस सबै गीतहरु प्रस्तुत गरेकी थिइन । गीतिसङ्ग्रह ‘सुनमाला’मा ‘दुनियामा‘’, ‘शितल हिमाली हावा‘’ ‘साथी नै चाहिँदा‘’, ‘शिर शिर सिरीरी‘’लगायत पाँच वटा गीतहरु समावेश गरिएको छ । एल्वममा रहेका गीतहरु मध्ये दुनियाँमा बोलको गीतमा भने शब्द विद्या घिमिरेले दिएका छन् ।

एक दशकदेखि साङ्गीतिक क्षेत्रमा आवद्ध सुनिताको यसअघि ‘ए बतास‘’ बोलको गीत बजारमा आएको थियो । सो गीत इमेज अवार्डमा उत्कृटमा पर्न सफल भएको थियो । सङ्गीतकार सुरेश अधिकारीको शब्द र सङ्गीतमा यस अघि सुनिताले ‘कहिले हार कहिले जीत‘’ बोलको साङ्गीतिक सहकार्य गरेकी थिइन भने ‘सुनमाला’ दोस्रो सहकार्य हो ।

जोयस पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा लक्ष्मी, दृश्य, रोशनी र जोयसलाई फिचरिङ गरिएको छ । विशाल प्रजापतिले छायाँकन गरेको गीतको भिडियोलाई उज्जल ढकालले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.