‘रे’ पहिलो गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दिनेश पौडेलको निर्देशनमा बनेको चलचित्र ‘रे’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र ओम सुनारको स्वर राजेन्द्र त्रिपाठीको शब्द र गायक सुनारकै संगीत रहेको छ । सार्बजनिक गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । महेन्द्र थापाले छायांकन गरेको चलचित्रलाइ रमेश बिशुङ्खेले सम्पादन गरेका छन् ।

सगुन फिल्मसको ब्यानरमा निर्मित चलचित्र यही आउदो असार २७ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रमा सुनिल थापा ,दिबस धिताल ,पुर्णिमा लामा ,सुजता थापा ,क्रान्ति बराइली, अभि जोशी ,रक्षा गुरागाई , बाल कलाकार शुशील थापा, सुरभ पराजुली, पुजा भट्टराई,सुजता थापा जेबिका गौतम लगाएतका कलाकारको अभिनय रहेको छ । काठमाडौं उपत्यकामा मनाइने जात्रा र त्यससँग सम्बन्धित अलौकिक शक्तिको कथामा आधारित रहेको छ । प्रकाश त्रीपाठी चलचित्रका निर्माता हुन् । चलचित्रको हाल पोस्ट प्रोडक्सनको काम भईरहेको छ ।