बिनय, प्रमोद र रबिन्द्र एकै चलचित्रमा बन्ने भो ‘मन्द-मन्द’


सेलिब्रेटी नेपाल

काठमाडौँ: सस्पेन्स कथामा ‘मन्द–मन्द’ नामक चलचित्र निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा बन्न लागेको चलचित्रमा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भइसकेका छन् भने अन्य कलाकारहरुको छनौट कार्य हुदैछ ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन बैशाख तेश्रो साताबाट सुरु हुनेछ । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको चलचित्र काठमाडौ,नारायणघाट,बुटवल,कोहलपुर, सुर्खेत, कालिकोट हुदै जुम्ला र मुगुका बिभिन्न स्थानमा खिचिने जानकारी निर्देशक सानेले दिएका छन् । दिब्यराज सुबेदीले खिच्ने छन् । ‘मन्द–मन्द’ मा नेपाली समाजमा बिद्यमान बेथितिको बिषयलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिने निर्देशक साने बताउछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.