‘रानिबनमा फूल’ मा सुरज र समुको दमदार नृत्य (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: किरण भण्डारी र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘रानिबनमा फूल’ बोलको गीत लोकलयको स्वादमा बनाईएको आधुनिक गीत हो । सार्बजनिक गीतमा शब्द समु उप्रेतीको रहेको छ भने संगित तथा संगीत संयोजन किरण भण्डारीको रहेको छ ।

भिडियोमा सुरज पौडेल र समु उप्रेतीको दमदार नाच हेर्न पाईन्छ। सुरज पौडेल आजकल टिकटकमा निकै रूचाइएका मानिन्छन भिडियोलाई किरणले छायांकन तथा सम्पादन गरेका हुन् भिडियोलाई थन्डरस्टोर्म ए/भि अस्ट्रेलियाले निर्देशन तथा निर्माण गरेको हो। भिडियोमा अस्ट्रेलियाको रमणीय दृश्यहरु समाबेश गरिएको छ ।