‘दाल भात तरकारी’ आइटम गीत सार्बजनिक! प्रिंयका बोल्ड अवतारमा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक गरिएको छ । मह सञ्चारको व्यानरमा निर्माण भएको चलचित्रमा समावेश ‘एन्टिबायोटिक खाउँला’ बोलको गीत शुक्रबार यु ट्युबमा सार्बजनिक गरिएको हो । प्रिंयका कार्कीलाई फिचर्ड गरिएको गीतमा शम्भुजित बाँस्कोटाको संगीत, हरिवंश आचार्यको शब्द तथा मिना निरौलाको स्वर छ । सार्वजनिक गीतमा प्रिंयका निकै बोल्ड देखिएकी छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो चितवनमा छायाँकन गरिएको हो । निर्माण टिमका अनुसार अभिनेत्री प्रियंका कार्की सार्वजनिक गीतमा मात्र देखिनेछिन् । चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् । ’चलचित्रले अमेरिका जानका लागि मरिहत्ते गर्ने एक परिवारको कथालाई उठान गरेको छ ।

यसमा हरिवंश र निरुताले श्रीमान् श्रीमतीको भूमिका निभाएका छन् । करीब एक दशकपछि अभिनेत्री निरुता सिंहले नेपाली चलचित्रमा मुख्य भुमिकामा कमव्याक गरेकी छन् । ‘दाल भात तरकारी’मा वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई, मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्य लगायतको अभिनय छ । चलचित्रलाई प्रस्तुतकर्ता किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।

चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको गीतमा प्रविन सिंह र कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले छायाँकन गरेका हुन् । चलचित्रमा रमिला आचार्य, नरेन्द्र कंसाकार, सुमित मैनाली, अनुराग कुँवर, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्माताको रुपमा छन् । चलचित्र बैशाख २० गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.