सन्तोषको लोक पप ‘अल्लारे’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ: गायक सन्तोष परियारले ‘अल्लारे’ बोलको लोक पप गीत स्रोता तथा दर्शकमाझ ल्याएका छन् । गीतमा डियर पुर्ण लामाको शब्द तथा संगीत र प्रसन परियारको संगीत संयोजन रहेको छ । गीतको शब्दहरु टिपिकल छन् । लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार डियर पुर्ण लामाको यो पहिलो म्युजिक भिडियो हो ।

सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपाल कै युटयुब च्यानलमार्फत सार्बजनिक गरिएको छ सार्बजनिक गीतको भिडियोमा रविन भुजेल, इशा परियार, रिजोइस गुरुङ (सुनिल) ले मोडलिङ गरेका छन् । भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन् । सुरेश काफ्लेले छायाँकन गरेको भिडियोको सम्पादन विष्णु खड्काले गरेका हुन् ।
हेर्नुहोस् भिडियो ः

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.