परदेशीको पीडामा शिल्पा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल रेमिट्यान्सले चलेको देश हो । यसको मतलब धेरै नेपालीहरुले वैदेशिक रोजगारीबाट आफ्नो परिवारको लालन पालन गर्नुपर्ने बाध्यता छ । विदेशीएका हरेकका आ-आफ्नै सुख-दु:खका कहानी छन् । यसैबीच परदेशी पतिको पर्खाईमा रहेकी पत्नीको पीडामा बनेको एक गीतको भिडियो रिलीज भएको छ । मेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीतमा प्रशान्त आँफैले संगित भरेका छन् । नायिका शिल्पा पोखरेलले अभिनय गरेकी छन् । शिल्पासँगै सुमन खतिवडाले पनि अभिनय गरेका छन् । भिडियोको निर्देशन गायक पौडेलले नै गरेका हुन् ।

भिडियोमा पति वियोगको पीडा समेटिएको छ । गीतले विदेशिएको पतिले आफु फर्केर आउने बचन पुरा गर्न सकेका छैनन् । घरमा भएकी पत्नीले पतिको लास मात्र भेट्न पाउँछिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.