‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘हजार जुनीसम्म’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समावेश ‘एमजी रोडैमा’ बोलको गीत सार्बजनिक गरिएको हो । राजनराज सीवाकोटीको शब्द तथा संगीत रहेको गीतमा संगीतकार सिवाकोटी र मेलिना राईको स्वर छ । सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सार्बजनिक गीत भिडियो सिक्किममा छायांकन गरिएको हो ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, स्वस्तिमा खड्का र अखिलेस प्रधानलाई फिचर्ड गरिएको छ । अखिलेस प्रधान ‘हजार जुनीसम्म’बाट नेपाली चलचित्रमा डेव्यु गर्दैछन् । विशाल चाम्लिङ्ग निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कविता रेग्मी हुन् । चलचित्रमा आर्यन सिग्देल, प्रिंयका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल र बालकलाकार अनुभव रेग्मीको पनि मुख्य अभिनय रहेको छ ।

विशाल चाम्लिङ्गको कथा रहेको चलचित्रमा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । चलचित्र आगामी साउन सार्बजनिक प्रदर्शनमा आउने छ।