अन्जुको बाल विवाह विरुद्धको गीत भिडियो सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: अन्जु पन्तको स्वरमा रहेको बाल विवाह विरुद्धको गीत भिडियो सार्वजनिक गरिएको छ । अन्जु भट्टराईको रचना तथा मनोज सुनुवारले संगीत भरेको गीतलाई मंगलबार काठमाडौँमा एक कार्यक्रमको बीच गरेर सार्वजनिक गरिएको हो । नेपालमा विकराल अवस्थामा रहेको बाल विवाहविरुद्ध समाजमा जनचेतना फैलाउने उदेश्यले गीत तयार पारिएको संगीतकार मनोज सुनुवारले बताए ।

अमृत सुनुवारको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोमा कलाकारहरु नयन डिसी, सुजना ढकाल, रोनिस पौडेल तथा प्रजिना लामाको अभिनय रहेको छ । म्यूजिक भिडियोमा पछिल्लो समय प्रविधि तथा सामाजिक सञ्जालले बाल विवाहलाई प्रसय दिइरहेको कुरालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.