टिका र राजको ‘मेरो याद’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ: टिका प्रसाई र राज पौडेलको स्वरमा रहेको नयाँ गीत ‘मेरो याद’ को भिडियो सार्वजनिक गरिएको छ । गोत्र इन्टरटेनमेन्टको प्रस्तुतीमा राज पौडेलको पहिलो एल्बम ‘मेरो याद तिमीलाई’मा समावेश उक्त गीतमा उमेश रेग्मीको शब्द संगीत रहेको छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको सार्वजनिक भिडियोमा निराजन प्रधान, अलिशा शर्मा, कबिता नेपाली, सुनिल क्षेत्री लगायत फिचर्ड छन् ।

सुनशरी इनरुवाका स्थायी बासिन्दा रेग्मी हाल अमेरिकामा बसोवास गर्दै आएका छन् । उनको शब्द संगीतमा नेपालका चर्चित गायक गायिकाहरु दीप श्रेष्ठ, रामकृष्ण ढकाल, विश्व नेपाली, बानीका प्रधान, आनन्द कार्की लगायतले गीत गाइसकेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर अगाडि बढ्ने सोचका साथ पहिलो एल्बम लिएर दर्शक श्रोता माझ आएको रेग्मी बताउँछन् ।