वर्षासँग बाचा गर्दै पल ‘विर विक्रम २’ दोश्रो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: मिलन चाम्स निर्देशित चलचित्र ‘विर विक्रम २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।चलचित्र ‘विर विक्रम २’ को दोस्रो गीत मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सार्बजनिक गरिएको हो । ‘बाचा…’ बोलको गीतमा ताराप्रकाश लिम्बुको संगीत, संचारकर्मी नरेश भट्टराईको शब्द तथा संगीतकार लिम्बु र दीपा लामाको स्वर छ । सार्वजनिक गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । चलचित्रमा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् । ‘विर विक्रम २’ पल शाह,वर्षा शिवाकोटी,नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । चलचित्र आगामी जेठ ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.