यि सेलिब्रेटी: जसलाई यसवर्ष गुमायौं


सेलिब्रेटी नेपाल


रघुनाथ सापकोटा
काठमाडौँ: केही दिनमा हामीले विक्रम सम्बत ०७६ लाई स्वागत गर्दैछौं । त्यो अगाडी २०७५ कस्तो रह्यो त? यो वर्ष देशले चर्चित नेतादेखी चर्चित सेलिब्रिटी सम्मलाई गुमायो । हामि यहाँ यसवर्ष निधन हुने केही सेलिब्रिटीको चर्चा गर्दैछौं ।
भीमबहादुर थापा
वरिष्ठ कलाकार भीमबहादुर थापाको २०७५ को जेठ २९ गते काठमाडौं मैतिदेवीस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भयो । खोटाङको लामिडाँडामा जन्मिएका बृटिश सेना, सेनामा कार्यरत हुँदै कलाकारितामा आएका थापाले थुप्रै टेलिसिरियल तथा चलचित्रमा अभिनय गरेका छन् । २०४१ सालमा ‘के घर के डेरा’ लगायतका चलचित्रमा अभिनय गरेका थापा पछि हाँस्य टेलिसिरियल ‘तितो सत्य’मा काम गरेपछि थप चर्चित बनेका थिए । ‘तितो सत्य’मा दीपाश्री निरौलाको बुवाको भूमिकामा देखिने थापा थापा दीपाश्रीका ‘धर्म बा’ थिए । थापाले ५ दर्जन बढी चलचित्र, त्यत्तिनै संख्यामा टेलिसिरियल तथा एक दर्जन बढी नाटकमा अभिनय गरेका छन् । तर पछिल्लो केही वर्षयता उनि मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट ग्रसित थिए ।

हरिप्रसाद रिमाल

वरिष्ठ कलाकार, गायक तथा रेडियो नेपालका संस्थापक सदस्य हरिप्रसाद रिमाललाई पनि हामीले यसवर्ष गुमायौं । काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको २०७५ भदौं १५ गते ९३ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं बानेश्वर हाइटमा निधन भयो । १४ वर्षको उमेरका बालकृष्ण समको नाटक ‘मुकुन्द इन्दिरा’बाट अभिनय यात्रा सुरु गरेका थिए । रिमालले मुनामदन, संजोग, क्रसमा टाँगिएको जिन्दगीजस्ता नाटकहरूमा अभिनय र निर्देशन गरेर ख्याति कमाएका थिए । त्यस्तै उनले चलचित्र क्षेत्रमा पनि ख्याति कमाएका थिए । उनले आमा, मनको बाँध, परिवर्तन, के घर के डेरा, सन्तान लगायतका चलचित्रमा अभिनय गरेका छन् । रिमालले ‘सपना’ नामक नेपाली चलचित्रको निर्देशन समेत गरेका छन् । गायनमा पनि स्थापित रिमालका ‘फगत् एक नजरमा कसै ले लियो मन’, ‘बिनाबादल असिना आउँदैन’ जस्ता गीत निकै चर्चित छन् ।

रामकेशर बोगटी

यसवर्ष हामीले गुमाएका कलाकारहरुमा अर्का हुन रामकेशर बोगटी । उनको असोज २३ गते ५८ वर्षको उमेरमा ललितपुरको टिकाथलीमा आफ्नै घर नजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर उपचारको क्रममा निधन भएको हो ।उनि नाटक हुँदै चलचित्र क्षेत्रमा होमिएका थिए । थुपै चलचित्रमा अभिनय गरेका बोगटीले ‘स्वाभिमान’ र ‘माया गर ल’ नामक चलचित्रको निर्माण गरेका छन् । उनि कलाकार संघको अध्यक्ष थिए ।

गणेश न्यौपाने ‘मुनाल’

‘बोल्ड भ्याइस’ र प्रखर अभिनय कलाका कारण चलचित्र क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका कलाकार गणेश न्यौपाने ‘मुनाल’ को ६८ वर्षको उमेरमा माघ ७ गते निधन भएको हो । दमका रोगी मुनालको काठमाडौं बौद्ध, महांकालस्थित आफ्नै घरमा निधन भएको हो । थुप्रै रेडियो तथा स्टेज नाटक, ‘तितो सत्य’ लगायतका दर्जनौं टेलिसिरियल तथा दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । दिदीभाई, नौडाँडा पारी, मिष्टर डन, सेतो बाघ, घामपानी लगायतका चलचित्रमा अभिनय गरेका छन् । उनि पछिल्लो पटक यही माघमा प्रदर्शनमा आएको चलचित्र ‘गोपी’मा छोटो भूमिकामा देखिएका थिए ।

वीएस राणा

उनि मौलिक अभिनय गर्ने कलाकारका रुपमा लोकप्रिय विएस राणाको माघ १८ गते ७६ वर्षको उमेरमा निधन भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको विएसको उपचारका क्रममा निधन भएको हो । साढे ३ दकशअघि ‘अन्याय’बाट चलचित्र क्षेत्रमा होमिएका राणाले १ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । करोडपति, नेपालीबाबु, दक्षिणा, दुई थोपा आशु, दासढुंगा, बसन्ती, दाग, साथी म तिम्रो, आई एम सरी, कस्ले चोर्यो मेरो मन, हवल्दार सुन्तली, काफल पाक्यो, सेतो बाघ, दर्पण छायाँ २ लगायत उनि अभिनित चलचित्र हुन् । राणाले दर्जनौं नाटकमा समेत अभिनय गरेका छन् ।

बुद्धिकृष्ण लामीछाने

लोकगायक बुद्धिकृष्ण लामीछानेको यसैवर्षको पुस १३ गते ६३ वर्षको उमेरमा निधन भयो । लामो समयदेखि पक्षाघात लगायत विभिन्न रोगले थलिएका लामिछानेको चाँगुनारायणस्थित आफ्नै निवासमा निधन भएको थियो । उनका ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’लगायतका गीत चर्चित छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.