भिडन्त तिनको कसले बाजी मार्ला


(सेलिब्रेटी नेपाल) २५ फागुन-आज सुक्रबार अल नेपाल दुइ र उपत्यका बाहिर तिन चलचित्र रिलिज भयका छन् । ‘बरदान ‘ उपत्यका बाहिर मात्र प्रदर्शन भयको छ भने अर्को हप्ता काठमाडौँ भित्रिने छ ।रिदम र पल्टन अल नेपाल भिड्दै छन् । ‘बरदान’ अभिनेत्री रेजिना उप्रेतीले निर्माण तथा शोभित बस्नेतले निर्देशन गरेको चलचित्र हो। पारिवारिक प्रेमकथामा आधारित यस चलचित्रमा राजेश र करिष्मा मानन्धरको साथमा रेजिना उप्रेती, मुकेश ढकाल, अर्जुन कार्की लगायतको अभिनय रहेको छ।पत्रकार धुर्ब  लम्सालको लेखन रहेको यस चलचित्रमा संगीत मनोहर सुनाम, द्धन्द्ध राजेन्द्र खड्गी र नृत्य शिब विकको छ।
     ‘पल्टन’ बिक्रम शाहले निर्माण तथा बासुदेव पोखरेलले निर्देशन गरेको चलचित्र हो। राजेश हमाल, कुसल थापा, करण् क्रेजी, दिनेश थापा, पुष्कर रेग्मी, दीपेन्द्र श्रेष्ठ, तृप्ती नाडकर, प्रतिक्षा गुरुङ, विजय देउजा लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा संगीत अशोक राइको छ।
   ‘रिदम ‘ प्रदीप दाहालले निर्माण तथा सफल निर्देशकको छाप बनायका निर्देशक बिकाश आचार्यले निर्देशन गरेका हुन् । जीवन लुईटेल, नीर शाह, विल्सन विक्रम राई, स्वेता भट्टराई, सोहित मानन्धर, निश्मा घिमिरे र बालकलाकार अनुभव रेग्मीको मुख्य अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.