नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ टि सिरिज मार्फत सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : भक्ती संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ पहिलो पटक चर्चित भारतीय संगीत कम्पनि टि सिरिज मार्फत सार्वजनिक भएको छ । ‘जय देवी’ एल्बममा समावेश सकल्यदेवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो सकल्यदेवले निर्देशन गरेका हुन् ।

स्थापनाको छोटो समयमा नै नेपाली संगीतको क्षेत्रमा सत्याकृत ब्याण्डले आफ्नो दरिलो उपस्थिती जनाउँदै आएको छ। देश तथा विदेशमा हुने विभिन्न साङ्गितिक कार्यक्रममा भक्ती संगीत प्रस्तुत गर्दै आएको सत्याकृत ब्याण्डको यो फड्कोले नेपाली संगीतको उचाई अझै बढाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.