‘ए मेरो हजुर ३’ को शिर्ष गीत ‘सत्य भन्छु’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘ए मेरो हजुर ३’ को नयाँ गीत लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘सत्य भन्छु’ बोलको गीतमा कल्याण सिंहको संगीत, रवि मल्लको शब्द तथा प्रताप दासको स्वर छ । चलचित्र ‘ए मेरो हजुर ३’ को यस अघि सार्बजनिक २ वटा गीत र ट्रेलरले चलचित्रको राम्रो हाईप बनाएको छ आगामी शुक्रबार अर्थात चैत्र २९ गते बाट प्रदर्शनमा आउने चलचित्र दर्शकको प्रतिक्षित बनेको छ

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल केसी, सुहाना थापा,अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।