‘ए मेरो हजुर ३’ बाट उत्साहित झरना पुत्री सुहाना


सेलिब्रेटी नेपाल

काठमाडौँ: चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ लाई लिएर नायिका सुहाना थापा उत्साहित देखिएकी छिन् । अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरीको ट्यागबाट अलग हुनु अर्को चुनौति सुहानामा रहेको छ । अभिनयमा खोट लगाउने ठाउँ नभए पनि उनले गरेको कामको मूल्यांकन दर्शकले कसरी गर्छन ? प्रतिक्षाको विषय रहेको छ । देश बाहिर रहेर अध्ययन गरिरहेकी सुहानालाइ निर्देशक झरना थापाले फाइनल गर्दा धेरैले टिप्पणी गरे, ‘छोरीलाई अभिनेता अनमोल केसीको जोडी बनाएर हिट बनाउने दाउमा झरना लागिछन् ।’

सुहाना इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्रमा सुनीलकुमार थापाको लगानी रहेको छ । सञ्जय लामाले खिचेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् । झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्रको पटकथा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलले तयार गरेका हुन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, रवीन्द्र झा, रुपा घिसिङ, रेअर राईलगायतको मुख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.