अमेरीकन बाबु मेड इन नेपाल’ यु ट्युबमा रिलिज (फुल मुभी सहित)


सेलिब्रेटी नेपाल

काठमाडौँ: कुनै समय नेपाली रजतपटमा निकै रुचाइएकि नायीका नन्दिता केसिको पछिल्लो चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’ सार्वजनिक गरिएको छ ।
अमेरीकामा निर्माण गरिएको र अमेरीका र क्यानडामा रुचाइएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ सिधै यूटुवमा रिलिज गरिएको हो । चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलवाला संग बारम्बार ताकेता गर्न नसकेको कारण चलचित्र सिधै ड्रिम्स गेट नेपाल को अफिसियल यूटुव च्यानलमा मा रिलिज गरिएको निर्देशक इश्वर थापाले जानकारी दिए ।

ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’ ले लगानिको ८० प्रतिशत यूएसए र क्यानडाबाट उठाइसकेको छ । बाबु बोगटि , नन्दिता केसि , स्मृति पोखरेल , एहशान ढकाल, राजेश गुरुङ , क्रिस थापा , अन्जली लामा , प्रवेश उप्रेती पल , प्रियंका आएर , रघु गिरि , जंगबु शेर्पा , सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको चलचित्र राजेश गुरुङ , मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.