शिव परियारको स्वर र संगीतमा ‘आँशुको अर्थ २’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको छ ।’आँशुको अर्थ’लाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ ।

‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोता निकै मन पराए पछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको हो ।यस गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । गीतलाई संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । गीतको भिडियोमा सन्नी सिंह र ज्योत्सना योगीको अभिनय रहेको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोलाइ बुद्ध थापाले छायांकन र धमला बिकाशले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.