शिव परियारको ‘मेरो भाग्य’ मा सरोज र सुर्यमाला (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत ‘नभन मेरो भाग्य’ को भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गीतको बिमोचन गरेका हुन् । शिव परियार को स्वर तथा नरेश कुमार प्रधान को शब्द रहेको सार्वजनिक गीतमा रिदम कडेलको संगीत तथा एरेन्ज रहेको छ । गीतमा अभिनेता सरोज खनाल, सुर्य माला खनाल तथा बाल कलाकार श्रीवानी थापा र रुपेश लामाले अभिनय गरेका छन् ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाले छायांकन गरेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । मस्तिष्क पक्षघात समाज कि अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा सुरु भएको कार्यक्रममा काठमाडौं महानगरपालिका का उप मेयर हरि प्रभा खड्गि श्रेष्ठ, अभिनेता सरोज खनाल लगायत अतिथिका का रूपमा उपस्थित थिए । कार्यक्रम संयोजन बुनु श्रेष्ठले गरेकी थिइन् ।