दिप्सनले पुर्‍याए बाआमालाई आश्रम (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक सोनाहाङ राईको स्वर रहेको नयाँ गीत किन किनको भिडियो सार्वजिक गरिएको छ । भिडियो शनिबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा पुरुषोत्तम न्यैपानेको संगीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा दिपक आचार्य, सुनिता श्रेष्ठ, शृजना जिसी, दिप्सन लुइटेलको अभिनय रहेको छ । भिडियोमा बाल कलाकारको रुपमा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यले अभिनय गरेका छन् । राजिव समर सहायक निर्देशक रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियोमा छोराले आफ्नो श्रीमतीको कुरा सुनेर आफ्नो आमा बालाई बृद्धाआश्रमसम्म पुर्‍याएको देखाइएको छ । निर्देशक थापाले अहिले नेपालमा भइरहेको वास्तविक कथालाई भिडियोमा उतारिएको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.