रोमान्टिक गीत ‘मायाको मौसम’ भिडियो सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: संगीतकार गीतकार राजेश श्रेष्ठले तयार पारेको गीत ‘मिठो मिठो मायाको मौसम छ’ सेलीब्रेटी नेपालको यु ट्युबबाट सार्वजनिक गरिएको छ । निक्कै रोमान्टिक भावमा तयार पारिएको यो गीतमा संगीतकार गीतकार राजेशले आफ्नो रचना शिल्प र संगीत कौशल देखाएका छन् । मेचु धिमालको स्वरमा रहेको गीतको भिडियो पनि गज्जबको बनेको छ ।

हेरुका लामाको कोरियोग्राफ़ी र निर्देशनमा बनेको भिडियोलाइ सुरेश काफ्लेले छायांकन गरेका हुन् भिडियोमा बिष्णु खड्काले सम्पादन र कलर करेक्सन गरेका छन् । निर्देशक स्यंम र मोडल जेनेलिया श्रेष्ठको अभिनय रहेको छ । मोडल जेनेलिया र गायिका मेचुको काम स्तरिय र तारिफ योग्य रहेकाले दुवै संगीतको क्षेत्रमा नजम्लान भन्न सकिन्न । राम्रो अवसर पाउने हो भने दुवै जम्ने कुरामा कुनै शंका छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.