सिउँदो सार्वजनिक भएकै दिन सोनियाको फेसबुक ह्याक


सेलिब्रेटी नेपाल

काठमाडौँ: मोडल तथा अभिनेत्री सोनिया जिआरको जीवनमा नसोचेको घटना घटेको छ । महिनौंको मेहनतपछि तयार भएको आफैंले अभिनय गरेको ‘‘सिउँदो…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै उनका सामाजिक सञ्जालका एकाउन्टहरु अप्रत्यासित ढंगले ह्याक भएका छन् ।

‘एकदेव लिम्बुको स्वरमा रेकर्ड भएको उक्त गीतको म्युजिक भिडियो यूट्युबमा अपलोड भएको केही घण्टापछि नै मेरो फेसबुक आईडी, मेरो आफ्नो संस्थाको फेसबुक पेज तथा याहूको इमेल आइडी समेत ह्याक भएको छ, सोनियाले एउटा प्रेस रिलिज जारी गर्दै आफूले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएकै दिन आफ्नो सामाजिक सञ्जालको एकाउन्ट ह्याक हुनु संयोगमात्र नभएको बताएकी छिन् ।’

सोनियाले करिव दश वर्षअघि फेसबुक एकाउन्ट खोलेकी थिइन् । यश कुमारद्वारा संगीतबद्ध उक्त गीत एक दशकअघि बाबु बोगटीको स्वरमा रेकर्ड भएको थियो भने केही महिनाअघि यश कुमार र बाबु बोगटीको सहमतिमै उक्त गीत एकदेव लिम्बुले रि–रेकर्ड गरेका थिए ।यसलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् । यसैबीच मोडल तथा अभिनेत्री सोनियाले केन्द्रिय अपराध अनुसन्धान ब्यूरो, महाराजगञ्जमा ‘आवश्यक अनुसन्धान गरी पाउ भन्ने व्यहोरोको आवेदन दिइसकेकी छिन् ।

उनले दर्ता गराएको निवेदनमा भनिएको छ –‘म सोनिया जिआरको विगत दश वर्षदेखि सञ्चालन गर्दै आएको फेसबुक एकाउन्ट चैत ९ गते बेलुका ९ बजेदेखि अपरिचित व्यक्तिले ह्याक गरी मेरो एकाउन्ट समेत डिएक्टिभ गरी म र मेरो परिवारिक खल्बली मच्चाइ मेरो व्यवसायिक काममा समेत असर पर्ने गरी अपराध गरेको हुदा मेरो व्यक्तिगत जीवनमा ठूलो असर परेको छ । साथै मद्वारा अभिनित गीत ‘‘सिउँदो…’ को म्युजिक भिडियोमा समेत ठूलो असर पर्ने गरी अपराधीले अपराध गरेको हुदा उचित अनुसन्धान गरी कारवाही गरी पाउ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.