‘आँखा झिमिक्कै’ भन्दै आए प्रमिला र सुजन (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका प्रमिला तामाङ र ‘लैबरी सिङगिङ स्टार’ सिरज २ का विजेता सुरज लोहनीको स्वरमा रहेको ‘आँखा झिमिक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । गीतमा दिपक रमणको शब्द तथा संगीत छ ।

सनसाइन प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको भिडियोमा सुशान्त श्रेष्ठ, निमा शेर्पा, सविता खड्गी र सानु शेर्पा फिचर्ड छन् । गायिका प्रमिला र गायक सुरजलाई पनि भिडियोमा देख्न सकिन्छ । नारायण लामाको निर्देशन रहेको गीतको भिडियोमा सुमन तामाङको कोरियोग्राफी छ । कोरियोग्राफर तामाङले नै भिडियोको सम्पादन पनि गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.