कमलको कान्छि बनिन् बेली डान्सर बिनु (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: बेली डान्सरको रुपमा परिचित मोडल बिनु शाक्य र मोडल कमल सिंहको अभिनयमा ‘कान्छि हे कान्छि’बोलको म्युजीक भिडियो सार्वजनिक गरिएको छ । रायन डंगोलको स्वरमा रहेको उक्त गीतमाकृष्ण भक्त महर्जनले शब्द र संगीत भरेका छन् । सुरेन्द्र बसेलले कोरीयोग्राफी गरेको भिडियोमा बिनु एक गाउँले युवतीको भूमिकामा देखिएकी छिन् भने कमल उनै बिनुको पछिपछि लागेको देखाइएको छ । यस्तै उनीहरु भिडियोमा बेहुला र बेहुलीको भूमिकामा पनि देखिएका छन् । सोनम पाख्रिनले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् । भिडियोको सम्पादन बिकाश दाहालले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.