पल र सारा संगै भिडियोमा समलिंगी जोडी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेता पल शाहले एक फरक स्वादको म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनले नायिका सारा श्रीपाईलीसँग जोडी बाँध्दै भिडियोमा १४ अञ्चलमा नै आफ्नो ससुराल भएको बताएका छन् ।

चर्चित लोक गायक खुमन अधिकारीको स्वरमा रहेको ‘१४ अञ्चल ससुराल’ बोलको गीतको भिडियो हालै सार्वजनिक गरिएको हो । गायक खुमनले आफ्ना साबिकका गीत भन्दा फरक तरिकाले यस गीतलाई प्रस्तुत गरेका छन् । गीतमा अराज केशवले र्‍याप हानेका छन् । गीतमा शब्द तथा संगीत माधव न्यौपानेको छ ।

चलनचल्तीको गीत भन्दा केहि लामो लाग्ने गीतमा पल र सारासँगै अराज केशवले पनि नृत्य गरेका छन् । बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा पछिल्लो समय चर्चामा रहेको अशिक र निरजको समलिंगी जोडी समेत रहेको छ भने गीतमा भनिएअनुसार नै विदेशी युवतीलाई पनि देख्न सकिन्छ । भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने सुप्रिम पराजुली भिडियो सम्पादक हुन् ।