नाजिर र शिल्पाको जाने बाटो कता,‘कागजपत्र’ को दोस्रो गीत सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘कागजपत्र’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानी काठमाडौंमा पत्रकार र निर्माण टिमवीच आयोजीत होली मिलन कार्यक्रममा चलचित्रको दोस्रो गीत सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरीलाई फिचर्ड गरिएको छ ।

संगीत सापकोटाको शब्द तथा संगीत रहेको सार्वजनिक ‘तिमी जाने बाटो कता’ बोलको गीतमा अनुपम शर्मा र प्रविसा अधिकारीको स्वर छ । चलचित्रलाई अपिल बिष्टले निर्देशन गरेका हुन् । अष्ट्रेलिया जान गरिने नक्कली विवाहको कथामा निर्माण भएको चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरीका अलवा लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई, आरजेस रेग्मी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको चलचित्रमा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको छ ।चलचित्र ‘कागजपत्र’ मा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र आगामी शुक्रबार अर्थात चैत्र ८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.